सभामुख सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक आज बस्दै
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | ०७:११:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बाेलाएका छन् ।
सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । एमाले सहभागी हुने/नहुने निश्चित भइसकेको छैन । महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् ।
प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ छन् ।
यस्तै, समर्थकमा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालसहित ९५ सांसद छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस