कमल थापाकाे आराेप : प्रधानन्यायाधीशविरुद्ध महाभियोगमा तीन दलकाे स्वार्थ छ
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | ०८:०२:०० मा प्रकाशित
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रस्ताव दर्ता हुनु राजनीतिक स्वार्थले प्रेरित भएकाे आराेप लगाएका छन् ।
आइतबार मात्रै नवगठित राप्रपा नेपालका अध्यक्ष थापाले कांग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्– एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो।
एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको थापाको बुझाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस