लागूऔषध सहित आठ जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | ११:५७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले अवैध लागूऔषध सहित आठ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका १ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन, मरिण गाउँपालिका ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोले रहेका छन् ।
त्यसैगरी, पोखरा महानगरपालिका १७ राममन्दिर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रश्न भण्डारी समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
सिन्धुली, कमलामाई नगरपालिका ४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका-७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ जानकारी दिएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस