सिंहदरवारमा सर्वदलीय बैठक सुरू
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | १५:१२:०० मा प्रकाशित
काठमाडाैं । सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानन्यायाधीसमाथीको महाअभियोग, विवादमा परेको एमसीसी परियोजना र संसदको जारी गतिरोधका विषयमा छलफल गर्न प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको हाे ।
सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारमा सर्वदलीय वैठक आह्रवान गरेका थिए । वैठकमा प्रतिपक्षी एमाले गएको छैन । सभामुखसग असन्तुष्ट रहँदै आएको एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठकको आवश्यकता नरहेको भन्दै नजाने निर्णय गरेको थियो ।
सभामुखले एमालेले कारवाही गरेका माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरी पार्टी खोल्ने वाटो दिएको भन्दै एमाले सभामुखसँग चिढिएको छ । सोही कारण एमालेले संसदको बैठकमा निरन्तर अवरोध गदैं आईरहेको छ ।
वैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल , राष्टिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस