स्थापना दिवसकाे अवसरमा लुम्बिनी सरकारद्वारा सार्वजनिक बिदा
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | ०९:०६:०० मा प्रकाशित
दाङ । लुम्बिनी प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिए ।
सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ ।
विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुईतिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। सो निर्णयानुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
प्रतिकृया दिनुहोस