'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | ०९:३६:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ ।
लिगको ११ औं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पुछारका दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । रेलिगेसनबाट जोगिन दुबैका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ५ अंक जोडेर च्यासल पुछारमा रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस