शिक्षा

‘त्रिविले आंशिक प्राध्यापककाे मागलाई भ्रम फैलायाे’

फाइल तस्बिर

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूकाे मागलाई भ्रमपूर्ण रूपमा प्रचार गरेकाे भन्दै आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले ध्यानाकर्षण भएकाे जनाएकाे छ । 

संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै त्रिवि अन्तर्गतका क्याम्पसहरूका १७ वर्षदेखि पूर्णकालीन प्राध्यापक सरह काम गरेका २ हजार २ सय आंशिक प्राध्यापकलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजान राखेकाे मागलाई विश्वविद्यालयले स्वत स्थायी भनि वक्तव्यबाजी गरेर जनसाधारणमा भ्रम फैलाएकाे जनाएकाे छ । 

विज्ञप्तिमा भनिएकाे छ- 'त्रिभुवन विश्वविद्यालयमा जुन बाटाे अवलम्बन गरेर प्राध्यापक हुँदै पदाधिकारीसम्म बन्न सफल छन् आज त्यहि बाटाे गलत भनि वक्तब्यबाजी गर्दैगर्दा त्यस्ता पदाधिकारी, प्राध्यापक तत्काल खारेजी गरि हालसम्मकाे उसले प्राप्त गरेकाे सेवा सुविधा फिर्ता गर्न सक्नुपर्छ । विश्वविद्यालयमा १७ वर्षसम्म आंशिक प्राध्यापकहरू अब्बल भइ लाखाैँ विद्यार्थी उत्पादनमा याेगदान गर्ने तर आंशिक प्राध्यापकले मासिक ज्यालादारी माग गर्दैगर्दा समस्याकाे समाधान खाेज्नुकाे सट्टा वक्तब्यबाजीकाे साहारा लिएकाे आंशिक प्राध्यापकहरूलाई धम्क्याउने प्रयास गरिएकाेमा गम्भिर ध्यानाकर्षण भएकाे छ । आंशिक प्राध्यापक भाेकाे पेटका लागि ज्यालादारीका लागि निरन्तर आन्दाेलनरत छ ।'

गाउँ सहर संवाददाता

तपाईँको मत