कांग्रेस संसदीय दलको निर्णय : एमसिसी र महाभियोग पारित गर्न आह्वान गर्ने
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १३:३०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय गरेको हाे ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेस गर्ने सहमति सत्तारुढ दलहरूबीच भइसकेको जानकारी गराएका हुन् ।
यसैबीच प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।
बैठकमा उपस्थित सबै सांसदले एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेको बताएका थिए ।
बैठकमा नेता रामशरण महतले एमसिसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
चार वर्षदेखि कार्यव्यवस्था बैठकमा एमसीसी आएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस