गाउँ सहर

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका हुन् । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभास्थित मकालु गाउँपालिका–१ बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता श्यामकुमार महतोले जानकारी दिएका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शेर्पालाई सोमबार काठमाडौंको इचुङ्गुनारायण ठूलो भर्याङ्गबाट पक्राउ परिएको प्रवक्ता महतोले बताए । पक्राउ परेका शेर्पालाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको समेत उनले बताए ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका शेर्पालाई संखुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्ष कैद फैसला भएको थियो । साथै पीडित महिलाले प्रतिवादीको अंश भागबाट आधा पाउने फैसला समेत अदालतले गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत