दुई किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित हायात होटलको पार्किङबाट आठ जना पक्राउ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १४:५५:०० मा प्रकाशित
काठमाडौं । प्रहरीले युरेनियम सहित आठ जना पक्राउ गरेकाे छ । राजधानीकाे हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाइ पक्राउ गरेकाे प्रहरीले जानकारि दिएकाे छ ।
प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको जनाएकाे छ ।
उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले बताएको छ ।
नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।
पक्राउ परेका उनीहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगेको प्रहरीले जानकारी दिएकाे हाे ।
एक प्रहरी अधिकृतले भने- ‘अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ ।’
बरामद भएको उक्त पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस