एमसीसीबारे कांग्रेसको १२ बुँदे लिखित धारणा : एमसीसी नेपालको हितमा (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | २०:१९:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको जनाएकाे छ ।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको कांग्रेसको ठहर छ ।
कांग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने कांग्रेसको प्रष्ट धारणा छ ।
कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको समेत व्याख्या गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सरकारले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस