राजनीति

कांग्रेसले अवधि समाप्त भएका भातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भएका भातृ संस्था कार्यसमिति विघटन गरेकाे छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

निर्णयमा भनिएकाे छ, "अवधि समाप्त भइसकेका भ्रातृ संघका केन्द्रीय समितिहरु नेपाली कांग्रेसको बिधानको धारा ४२(१) ‘च’ अनुरुप स्वतः विघटन भएको हुँदा पार्टी केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्त भित्र निम्न भ्रातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।"

• नेपाल विद्यार्थी संघ

• नेपाल प्रजातन्त्र सेनानी संघ

• नेपाल किसान संघ

• नेपाल आदिवासी जनजाति संघ

• राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ

• नेपाल तामाङ संघ

• नेपाल ठाकुर समाज

• नेपाल महिला संघ

• नेपाल तरुण दल

• नेपाल भूतपूर्व सैनिक संघ

साथै बैठकले नयाँ गठन हुने सबै भ्रातृ संस्थालाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको सो अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत