‘नाे एमसीसी’ भर्सेस ‘वेलकम एमसीसी’ भन्दै युवाहरूकाे र्याली
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | ११:३७:०० मा प्रकाशित
काठमाडाैं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । ‘नाे एमसीसी’ भर्सेस ‘वेलकम एमसीसी’ भन्दै युवाहरूकाे र्याली भएका छन् ।
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले विराेधमा प्रदर्शन गरेका छन् भने स्वतन्त्र नागरिक समाजका युवाहरूले पक्षमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको अनामनगरमा ‘वेलकम एमसीसी’ लेखिएको ब्यानर बोकेर एमसीसीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको हो ।
यो समूहले बोकेको ब्यानरमा ‘स्वतन्त्र नागरिक समाज’ लेखिएको छ । उनीहरूले विकासे आयोजनालाई राजनीतिकरण गर्न नहुने भन्दै नाराबाजी पनि गरेका छन् ।
आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।
उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ ।
माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस