टिपर दुर्घटनामा एक जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | ११:५९:०० मा प्रकाशित
काठमाडाैं । टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । तीन जना घाइते भएका छन् ।
बालुवा-गिट्टी बोकेको स १ क १९० नम्बरको टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका-७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
टिपरको ब्रेक फेल भइ भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका-७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस