स्वास्थ्य

विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा बढी

 काठमाडाैं । विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन् । गत २४ घण्टामा  २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जानकारी दिएकाे छ । यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ ।

यस्तै थप १ लाख ६० हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४१ करोड ५७ लाख ३३ हजार पुगेको छ ।

गत २४ घण्टामा ९ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ५५ हजार पुगेको वल्डोमिटरले उल्लेख गरेको छ ।

कोरोना संक्रमित थपिने दर कम हुँदै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको जनाइएकाे छ ।

अहिले विश्वभर ७ करोड १४ लाख १ हजार सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ७ करोड ९६ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ३ लाख निको भएका छन् । ९ लाख ४ हजारको भने मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको बताइएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत