राजनीति

एमसीसी टेबल गर्ने तयारीबाट पछि हटे प्रधानमन्त्री, सत्तारुढ गठबन्धनको बैठक भाेली बाेलाइयाे

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट पछि हटेका छन् ।

बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।   

बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारीमा प्रधानमन्त्री देउवा अघि बढेका थिए । तर, बुधबार बिहाान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘एमसीसी जबर्जस्ती टेबल’ गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।

प्रतिनिधि सभा बैठकका कार्यसूची टुंगो लगाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक भने जारी छ ।

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत