एमालेकाे नाराबाजीबीच केही मिनेट चल्याे संसद, अर्काे बैठक शुक्रबारसम्मका लागि स्थगित
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | १३:५१:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभाको आगामी बैठक आगामी शुक्रबार बस्ने भएको छ ।
एमालेकाे नाराबाजीबीच आज (बुधबार) काे बैठक केही मिनेट बसेर सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरे ।
त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।
अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।
एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस