रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भन्दै ७० लाख घुस लिने अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | ११:४२:०० मा प्रकाशित
काठमाडाैं । तीन जना विरुद्ध भ्रष्टचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हाे । आयोगका प्रवक्ता श्याक प्रसाद भण्डारीका अनुसार जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन विरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोप मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएकाे छ ।
वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने बिषयको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत बिष्णुकान्त मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख लिएको पुष्टि भएको आयोगले बताएकाे छ ।
मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी घुस/रिसवतबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनसमेत मागदावी लिने एवं बिष्णुकान्त मिश्रको छोरा नविन कुमार मिश्रले निजको वुवाको घुस/रिसवत बापतको रकम ४० लाख उनको बैंक खातामा जम्मा गरी सहयोग गरेको देखिन आएकोले निज नविन कुमार मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ उक्त रकमको बिगो ४० लाख कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजाय हुन मागदावी लिइएको आयोगले जनाएकाे छ ।
मिश्रलाई घुसबापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैले २५ लाख दिएको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरु विरुद्ध उक्त रकम बराबरको बिगो दाबीसहित आज बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस