गाउँ सहर

ताेकियाे भन्सार एजेन्टको परीक्षा केन्द्र

काठमाडाैं । भन्सार एजेन्टको परीक्षा केन्द्र तोकिएकाे छ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हाे । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले विसं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका कारण पछाडि धकेलिँदै आएको थियो ।

लोकसेवा आयोगले काठमाडौं उपत्यकाका ४५ केन्द्र तोकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएपछि मौखिक परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ । त्यसका लागि विभागको वेबसाइटबाटै प्रवेश पत्र लिन सकिने व्यवस्था मिलाइएको छ ।

दुवै परीक्षा पास भएको ९० दिनभित्र बापत ७ हजार र धरौटीमार्फत ७ लाख रुपैयाँ विभागलाई बुझाउनुपर्ने विभागले जनाएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत