राजनीति

अब पछि हट्न सकिदैन, भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा सहमति जुटन सकेकाे छैन । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आआफ्नो अडानमा अडिक भएपछि सहमति हुन नसकेकाे हाे । 

बालुवाटार स्रोतका अनुसार बैठकमा प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौँ भन्नुभयो, उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ । जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेकाले अब पछि धकेल्न नमिल्ने दोहोर्‍याएका थिए ।

‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिदैन, भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ,’ ।  बालुवाटार स्राेतले जनाएकाे छ । 

एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक बस्दै छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मत भिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लो भएको छ ।

कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ । अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा रहेकाे छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत