सुस्ताए शेयर लगानीकर्ता, न किन्ने आँट न बेचेर निस्कनै, काराेबार रकम स्वाट्टै घट्याे
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १५:२९:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंककाे गिरावट आएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । आज तेह्रथुमको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य ५.५५ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको हो ।
आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड ३७ लाख भन्दा बढीको कारोबार नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस