एमाले अध्यक्ष ओलीसहितका नेताहरूविरुद्ध कारबाहीको माग गर्दै अख्तियारमा उजुरी
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १३:५३:०० मा प्रकाशित
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरूविरुद्ध नेकपा एकीकृत समाजवादीका विद्यार्थीहरूले उजुरी दिएका हुन् ।
अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।
नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बिहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दिएकाे हो ।
ओलीसहितका तत्कालीन मन्त्रीहरूले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै, कोरोना महामारीमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भ्रष्टाचार गरेको आरोप छ ।
यसैगरी नेपाल भ्रमण वर्षका नाममा तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितका नेता कार्यकर्ता अख्तियार पुगेर उजुरी दिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस