कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्यो
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १४:२५:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।
यस्तै १६ जिल्लाबाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका निर्वाचन भने फागुन १० भित्र गरिसक्ने समितिले जानकारी दिएको छ ।
तर महाधिवेशन प्रतिनिधिको उमेदवार भई पराजित भएका क्षेत्रीय प्रतिनिधिले एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा सभापतिबाहेकका अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उमेदवार बन्न पाउने भनी परिपत्र गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस