त्रिविका आंशिक प्राध्यापकको मुद्धा स्वतः स्थाई बन्न होइन, ज्याला—समानता र न्यायको आन्दोलन हो
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | २०:२८:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुको आन्दोलन केवल ज्यालाको, समानताको र न्यायको आन्दोलन भन्दै आंशिक प्राध्यापकहरुले मागलाई जनमानसमा भ्रम फैल्याउन स्वतः स्थायी भनी वक्तब्य बाजी गरेको त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले बताएको छ ।
बिहीबार उसले एक विज्ञप्ति जारी गरी सो कुरा बताएकाे हो ।
विज्ञप्तिमा १७ वर्षदेखि आंशिक प्राध्यापकहरुलाई कुनै न कुनै बहानामा जेन्युन माग सार्दै आएको र वक्तब्य बाजीको सहारा लिएर आंशिक प्राध्यापकहरुलाई धम्क्याउने प्रयास गरिएको बताइएको छ ।
उसले विश्वविद्यालयमा ४ हजार ५०० जानको हाराहारीमा दरबन्दी खाली भएपनि र त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को दफा १० क मा रिक्त दरबन्दीमा ६ महिनादेखि १ वर्ष अस्थाई र २ वर्षसम्म करार नियुक्त गर्ने स्पष्ट नियमलाई कुल्चिएको बताएको छ ।
जारी विज्ञप्तिमा समितिले असमान ज्याला, बौद्धिक शोषण, श्रम शोषण, अत्याचार, अन्याय र विभेद गरेको बताउँदै भ्रम सिर्जना र धम्क्याउनुको साटो सम्झौता कार्यान्वयन गरेर, वार्ता र सम्वाद गरेर निकास निकाल्न आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रतिकृया दिनुहोस