गाउँ सहर
बुवाको हत्या गर्ने दाजुभाइ पक्राउ
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १०:४४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले बुवाकाे हत्या गर्ने छाेराहरूलाइ पक्राउ गरेकाे छ । बुवाको हत्या गरेको आरोपमा कीर्तिपुर नगरपालिकास्थित पाण्डेछापबाट दुई जना दाजुभाइलाई पक्राउ गरिएको हाे । प्रहरीले बुवाको हत्या आरोपमा दुइ भाइ छोरालाई पक्राउ गरेको जनाएकाे छ ।
बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरूले प्रेशर कुकर र लोहोरोले हानेर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षका शंकर र ४० वर्षीय कृष्ण रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
कुटपिटबाट घाइते भएका न्हुच्छेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले थप अनुसन्धान सुरु गरेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस