भारतमा बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई आजीवन कैद
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १२:५८:०० मा प्रकाशित
काठमाडाैं । एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको भारतीय एजेन्सीले जनाएकाे छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको छ ।
अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।
सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।
घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस