स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले बुझायो राष्ट्रिय निर्वाचन आयोगलाई ज्ञापन पत्र
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १६:३२:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार ३० राजनीतिक दलहरूको “स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति” को प्रतिनिधि मण्डलले राष्ट्रिय निर्वचन आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलियासँग आयोगमा भेट गरी ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पुरा गरि निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरि राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको ठहर गर्दै सङ्घर्ष समितिले आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी सङ्घर्ष समितिको प्रतिनिधि मण्डललाई गराएका छन् ।
सङ्घर्ष समितिले स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ ।
तपसिल :
१. आमूल परिवर्तन मसिहा पार्टी
२. उन्नत लोकतन्त्र पार्टी
३. एकीकृत शक्ति नेपाल
४. गान्धीवादी पार्टी नेपाल
५. जनजागरण पार्टी नेपाल
६. जनता समाजवादी पार्टी, नेपाल
७. जनमत पार्टी (ज.पा.)
८. जनसमाजवादी पार्टी नेपाल
९. नेकपा (समाजवादी)
१०. नेपाल आमा पार्टी
११. नेपाल जनता पार्टी
१२. नेपाल दलित पार्टी
१३. नेपाल परिवार दल
१४. नेपाल विवेकशील पार्टी
१५. नेपाल सद्भावना पार्टी
१६. नेपाल सङ्घीय समाजवादी पार्टी
१७. नेपाल समाजवादी पार्टी
१८. नेपाल समाजवादी पार्टी (लोहियावादीं
१९. नेपाल सुशासन पार्टी
२०. नेपाली काँग्रेस (वी.पी.)
२१. नेपाली जनता दल
२३. बहुजन समाज पार्टी नेपाल
२४. मौलिक जरोकिलो पार्टी
२५. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
२६. राष्ट्रिय प्रजातन्त्र पार्टी
२७. विवेकशील साझा पार्टी
२८. समाजवादी पार्टी नेपाल
२९. सर्वदलीय सङ्घीय परिषद्
३०. सामाजिक लोकतान्त्रिक पार्टी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस