स्वास्थ्य

कोरोनाबाट थप चार जनाको मृत्यु, ७ लाख ६९ हजार ५७६ जनाले आजै खोप लगाए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप चार काेराेना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतको संख्या ११ हजार ९१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा थप ३५० नयाँ संक्रमित पहिचान भएका छन् । यो अवधिमा निको हुनेको संख्या १ हजार २७२ छ ।

मन्त्रालयका अनुसार देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन् । संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३९२.३ प्रतिशत रहेको छ ।

अब ५ जिल्ला ५०० बढी संक्रमण छ । यस्तै २०० माथि संक्रमण रहेका जिल्लाको संख्या १० रहेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत