फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, यस्ताे छ बढेकाे मूल्यसूची
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | २१:२९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ ।
यसअघि माघ १८ गते मूल्य बढाएकाे निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।
मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि निगमको भनाइ छ ।
यस मूल्य समायोजन पश्चात् भारतको सिमावर्ती बजार रक्सौलको भन्दा नेपालको विरंगज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा भनिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रतिकृया दिनुहोस