रामेछाप कांग्रेसकाे प्रदेश ‘ख’ मा ६ शाखा गठन
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | २२:४९:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ ले पार्टी प्रवक्तासहित विभिन्न ६ शाखा गठन गरेकाे छ ।
क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठकाे अध्यक्षतामा शनिबार मन्थलीस्थित जिल्ला पार्टी कार्यालयमा बसेकाे क्षेत्रीय कार्यसमितिकाे नियमित बैठकले उक्त निर्णय गरेकाे हाे ।
पार्टीलाई चलायमान र नजिकिँदाे स्थानीय निर्वाचनलाई ध्यानमा राखेर विधानबमोजिम विभिन्न शाखा गठन तथा आमन्त्रित सदस्य मनाेनयन गरिएकाे सभापति श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले पार्टीका कार्यक्रम तथा गतिविधि तथा निर्णय आधिकारिक व्यक्तिबाट सार्वजनिक गर्ने र सूचनाकाे सहजताका लागि प्रदेश प्रतिनिधि शिवराज खडाकालाई प्रवक्ता जिम्मेवारी ताेकिएकाे बताए ।
त्यसैगरि विधानअनुसार सभापति श्रेष्ठले १० जना आमन्त्रित सदस्यहरू पनि मनाेनयन गरेका छन् ।
साथै, मनाेनित गर्न बाँकी रहेकाे एक सदस्यमा दाेरम्बा शैलुङ गाउँपालिका-३ का शुवास जंङ्ग थापामगरलाई मनाेनित गरिएकाे नवनियुक्त प्रवक्ता शिवराज खड्काले जानकारी दिए ।
क्षेत्रीय कार्यसमितिकाे बैठकले फागुन २८ गते शनिवार प्रद्रश ‘ख’ अन्तर्गतका नगरपालिका, गाउँपालिका तथा वडाका पार्टी पदाधिकारीहरूलाई मन्थलीमा एकदिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरिएकाे प्रवक्ता खड्काले बताए ।
कसलाई के जिम्मेवारी
प्रवक्ता - शिवराज खड्का
शाखा
१. सङ्गठन शाखा - ज्ञानेन्द्र आरण
२. विकास शाखा - कपिल कार्की
३. कार्यक्रम समन्वय शाखा - सुजन ढुंगेल
४. अभिलेख शाखा - शकुन्तला त्रिपाठी
५. प्रचार प्रसार शाखा - ज्ञानु श्रेष्ठ
६. प्रशिक्षण शाखा - गुञ्ज बहादुर श्रेष्ठ
आमन्त्रित सदस्यहरू
१. युवराज लामा -बेथान
२. प्रविन थापामगर -गुन्सी
३. शंकरलाल श्रेष्ठ - मझुवा
४. रामहरी खड्का - गागल
५. सागर तामाङ - लखनपुर
६. मनाेज श्रेष्ठ - मन्थली-८
७. तारा माेक्तान - डडुवा
८. जाेतेन्द्र भण्डारी - पिङ्खुरी
९. डाेरदेव घिमिरे - मन्थली-७, भटाैली
१०. कान्छीमाया तामाङ - मन्थली १४, फुलासी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
प्रतिकृया दिनुहोस