राजनीति

सीमित नेताका कारण देश बरबाद : लिङदेन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले केही सीमित नेताका कारण देश बरबाद भएकाे बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह भएको बताउँदै सीमित दलका केही सीमित नेताका कारण देश बरबाद भएको उल्लेख गरे ।

पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशलाई निकास दिने शक्ति राप्रपा नै भएको दावी गरे ।

राजसंस्था र सनातन हिन्दु राष्ट्रको लक्ष्य प्राप्त हुनेमा ढुक्क रहन लोहनीले उपस्थित जनसमुदायलाई आश्वस्त तुल्याए ।

राप्रपाद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेन र पूर्वअध्यक्ष लोहनीले विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालसहित तीन सय धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रवेश गराए ।

एक दिन अघि मात्र राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने बताए ।

राप्रपामा आवद्ध भए लगत्तै शाहीलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । जब कि यस अघि नै सगुनसुन्दर लावती, गोपाल दाहाल, भक्ति सिटौला र मोहन श्रेष्ठ पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत