खेल

'ए' डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ ।   

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । आज हिमालयनलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।

हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । हिमालयन पनि जावलाखेललाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेको छ ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटीलाई हराएर मनाङ शीर्ष दुईको स्थन यथावत राख्न चाहन्छ ।

एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत