बालुवाटारमा गठबन्धनको बैठक सुरु
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | १०:५७:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका दलहरूको बैठक सुरु भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।
एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।
प्रधानमन्त्री देउवा पछिल्लो पटक फागुन १६ भित्रै सदनबाट एमसीसी अनुमोदन गरेर जाने पक्षमा जुटिरहेका छन् । त्यही क्रममा उनले फागुन ४, फागुन ६ को संसद बैठकमै एमसीसी टेवल गर्न कसरथ गरेका थिए । तर सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तयार नहुँदा अल्झिरहेको थियो । आजको सत्ता गठबन्धन दलको बैठकमा सहमति नजुटेपनि प्रधानमन्त्री संसदमा टेवल गरेर जाने तयारीमा छन् ।
तर ६ फागुनको बैठकमा नेकपा एसले आज सम्मको समय माग गरेकोले सत्ता गठबन्धनको बैठक आज फेरि बसेको हो । नेकपा एसले संसदमा टेबल गर्न सहमति दिने निर्णय हिजोको स्थायी समिति बैठकबाट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल नेपाल निवासमा भेटघाट गरेर बालुवाटार पुगेका थिए । अव आजको बैठकमा संसदमा जान सहमति दिने तयारीमा सत्ता गठबन्धन दलका अन्य घटक पनि पुगेको बताईएको छ ।
गठबन्धनमा सहमती हुन सके आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको योजना छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस