गाउँ सहर

ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

काठमाडाैं । ट्रक पल्टिदा च्यापिएर प्रहरी जवानकाे मृत्यु भएकाे छ ।  बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहामा आइतबार राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको हाे । 

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वीसी रहेकी प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहामा मोड्ने क्रममा पल्टिदा बीसी च्यापिएकी थिइन् । घाइते भएकी वीसीको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । 

गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत