महालक्ष्मी विकास बैंकका ग्राहकले होटल दियालो फुडल्यान्डमा छुट पाउने
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:१२:०० मा प्रकाशित
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका प्रवक्ता दीपेश लम्सालले जानकारी दिए ।
बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदुरपश्मिमा १७ गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस