मदिरा कारोबारी अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:३४:०० मा प्रकाशित
काठमाडौं । मदिरा कारोबारी अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसूरको आरोपमा शनिवार नियन्त्रणमा लिएको हो ।
महानगरिय प्रहरी आयुक्त कार्यालयका एआइजी हरिबहादुर पालका अनुसार शनिबार अग्रवाललाई पक्राउ गरिएको र ४ दिन म्याद थप भइ अनुसन्धान भइरहेको बताए ।
उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए ।
हाल अग्रवाललाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
बैंकको ऋण तिर्न नसकेपछि परिवारसहित भारत भागेका अग्रवालले करिब २ साता अघि नेपाल आएर पत्रकार सम्मेलन नै गरेका थिए ।
तत्कालीन समयमा उनले बैंक तथा अन्य साथीहरुको ऋण लिएको स्वीकार गर्दै केही समयमै आफूले ऋण चुक्ता गर्ने समेत घोषणा गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस