अर्थतन्त्र

साेमबार दाेहाेराे अंकले बढ्याे शेयर बजार, काराेबार रकम खुम्चियाे

काठमाडाैं । नेप्से साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेकाे छ । आज नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको नेप्सेले जनाएकाे छ । आइतबार नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा थामिएकाे थियो ।   

आज बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएका थियो । 

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेका छन् । युनाइटेड कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८३४.९० रुपैयाँ पुगेको छ । आज गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।

आज नविल डिभञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलीकमको भएको छ । यस कम्पनीको आज २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।         

गाउँ सहर संवाददाता

तपाईँको मत