नेपालकाे सानदार प्रदर्शन : ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १८:१२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल आईसीसी ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।
फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २८ रन बनाए । आशिफ शेख १७ तथा कुशल मल्ल सुन्य रनमा आउट भए । क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन बनाएको थियो । क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस