कमल थापा अदालतमा उपस्थित हुनु पर्ने
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । पहिलो गाँसमै ढुंगा भने झैं राजनीतिक अस्तित्वका लागि कमल थापा अदालतमा उपस्थित हुनु पर्ने भएको छ ।
पाटन उच्च अदालतमा मंगलबार हुने बहसमा राप्रपा नेपालको नेतृत्व हस्तान्तरसँग सम्बन्धित वैधानिक प्रमाण पेश गर्न नसके थापाको राजनीति पुनः अर्को संकटमा पर्ने देखिन्छ ।
राप्रपा नेपालको अध्यक्ष पद अवैध तवरबाट थापाले हत्याएको भन्ने दावीसहित पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीप विक्रम राणा उच्च अदालत पाटन पुगेका थिए । सो निवेदनमा उपर आदेश दिँदै उच्च अदालतले थापालाई मंगलबार सप्रमाण उपस्थित हुन निर्देशन दिएको हो ।
केन्द्रीय कार्य समितिको जानकारी बिना नै अध्यक्ष लाक्पा तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पेको भन्ने राष्ट्रिय अध्यक्ष राणाको भनाइ छ ।
गोरु चुनाव चिन्ह रहेको राप्रपा नेपालका संस्थापक अध्यक्ष तामाङसँग यस प्रकरणमा केन्द्रीय समितिको बहुमत सदस्यको समर्थन नरहेको राणाको दावी छ । केन्द्रीय समितिलाई छलेर गरेको कार्य अवैध छ भन्ने उनको भनाइ हो ।
राजेन्द्र लिङदेनसँग अध्यक्ष पदको चुनावमा पराजित भएपछि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । आफूसँग बहुमत भए पनि राप्रपा नफुटाएको भन्ने थापाको दावी छ । यद्यपि राप्रपाको एक जना मात्र केन्द्रीय सदस्य थापाको अभियानमा समाहित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस