नेपाललाई मौका : यूएईविरूद्ध जित निकालेर विश्वकप यात्रा सुरक्षित गर्ला ?
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | ०७:३७:०० मा प्रकाशित
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपालले आज मंगलबार युएईको सामना गर्दैछ ।
ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण र नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ । नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । यो खेलले नेपालका लागि अन्तर्राष्ट्रिय फड्को मार्ने सपना बुन्न सक्छ ।
यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।
छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ । नेपाल र युएईबीचको पछिल्लो चार टी-ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेको छ । नेपाली क्रिकेट शुभचिन्तक मंगलबारको जितको व्यग्र प्रतीक्षामा छन् ।
समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले हिजाे सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस