अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको महालक्ष्मीको २०औं वार्षिक साधारणसभा

काठमाडौं । महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा फागुन १३ गते गरिने भएको छ।

गणपूरक संख्या नपुगेका कारण पुस २५ गते गरिन लागेको उक्त साधारण सभा स्थगन भएको थियो।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्ताव पेस गरिनेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत