लोकसेवा आयोगद्वारा लिखित परीक्षा स्थगित
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | ११:१२:०० मा प्रकाशित
काठमाडाैं । लोकसेवा आयोगले पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरेकाे छ । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरेकाे हाे । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो । आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोगले लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताएका छन् ।
कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस