गाउँ सहर

कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा शनिवार रक्तदान कार्यक्रम गर्दै

काठमाडाैं । विश्वभर फैलिएको कोभिड- १९ संक्रमण गर्न केही अघिसम्म लगाएकाे लकडाउन र निषेधाज्ञा भरखर खुल्ला भएपछि रगतको अभाव न्यूनीकरण गर्न नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले रक्तदान कार्यक्रम गर्न लागेकाे छ । 

फागुन १४ गते शनिवार समितिले काठमाडाैंकाे म्याकडोनाल्ड क्याफे मध्यबानेश्वरमा रक्तदान कार्यक्रम गर्न लागेकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।  

 

उक्त अवसरमा रामेछापबाट विभिन्न पेशा-व्यवसाय गरेर राजधानीमा बस्दै आएका नेपाली कांग्रेससँग आवद्ध भातृसंघ/सुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ता र अन्यलाई पनि खुला रक्तदानमा सहभागी भइ धेरैभन्दा धेरै रगत संकलनमा सहयाेग गर्न सभापति श्रेष्ठले आग्रह गरे । 

“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो- रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएकाे रक्तदानमा उत्साजनक सहभागीकाे अपेक्षा गरिएकाे समितिका सचिव सुकदेव खड्काले बताए ।  

रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोग रहनेछ ।

कांग्रेस समर्थक सम्पर्क समितिले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकाे छ । यसअघि काेभिडकाे बेला सम्पर्क समितिले जिल्लाका स्थानीय निकायहरूमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत