गाउँ सहर

सम्पर्क बाहिर रहेका प्रहरी जवानलाई हाजिर हुन ७ दिने म्याद (नामसहित)

काठमाडाैं । सम्पर्कमा नरहेका प्रहरी जवानलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले एक हप्ताकाे म्याद दिएकाे छ ।  १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन एक हप्ताकाे म्याद दिएको हाे ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक एक हप्ताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एक हप्ताभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा रहेका छन् ।

यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत