राजनीति

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दरपीठ

काठमाडाैं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट  दरपीठ गरेकाे छ । सदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको हाे ।

नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै मंगलबार अदालत प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीका अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको थियो ।

दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत