नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, ३ अर्ब २१ करोडको माथिकाे कारोबार
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १५:२१:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको हो । सोमबार नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको थियो ।
आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । आज ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएकाे छ । सोमबार २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९१८.३० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यी कम्पनीको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २१ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस