राजनीति

गृहमन्त्री खाँण बालकाेटमा ओली भेटेर फर्किए, यी विषयमा भयाे छलफल

काठमाडाैं ।  गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला बुधबार बिहान गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका हुन् ।

मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार पुगेका थिए ।

एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ ।

बालकोटमा ओली र गृहमन्त्री खाणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ ।

 

 

ओली र खाणबीच आधा घण्टा कुराकानी भएको थियो । उनी अहिले बालकोटबाट फर्किसकेका छन् ।

एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत