अर्थतन्त्र

सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत