स्वास्थ्य

उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० संक्रमित थपिएका हुन् ।

देशभर गत २४ घण्टामा ३१२ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

आज ९११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे २४  घन्टामा ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत