गाउँ सहर

अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

काठमाडाैं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको हो ।

शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् ।

ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए । काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले' गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो । गर्भवती छौँ र' भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो । सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत